काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले कोरोना प्रभावित दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी तत्काल राहत घोषणा गर्न माग गरेका छन् ।
उनले ट्वीट गरी पुन: सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष थापाले उद्योग व्यवसाय संरक्षणका लागि पनि आर्थिक कार्यक्रम ल्याउन अनुरोध गरेका छन् ।
थापाले कोरोना संक्रमणविरुद्ध प्रत्यक्ष रुपमा लड्ने स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि आवश्यक सामग्री पीपीइ उपलब्ध गराउन मागसमेत गरेका छन् ।
राप्रपा दोहराएर सरकारको ध्यान आकर्षित गर्दछ-
— Kamal Thapa (@KTnepal) March 29, 2020
-कोरोनाको कहरबाट प्रभावित दैनिक ज्यालादारीमा कामगर्ने/न्युनआय भएकालाई तत्काल राहतको व्यवस्था गरियोस्,
-उद्योग व्यवसायको संरक्षणकोलागि आर्थिक सहयोगको घोषणा गरियोस,
-कोरोनासंग प्रत्यक्ष लडने स्वास्थकर्मीहरुलाई पर्याप्त PPE वितरण गरियोस् pic.twitter.com/iGgjWDxtmx
हेर्नुहोस् भिडियो सन्देश