जेठ ०४, २०८१, शुक्रबार
               

निम्नवर्गीय श्रमजीवीको व्यवस्थापनमा सरकारको ध्यान जानेछ : दाहाल

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिकित्सक र सुरक्षाकर्मीलाई राज्यले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरेका छन् । साथै, उनले न्यून ज्यालदार श्रमिकलाई सरकारले ध्यान दिने बताएका छन् ।

दाहालले शनिबार भिडियो सन्देशमार्फत कोभिड–१९ को संक्रमणबाट बच्न अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका हुन् ।

भिडियो सन्देशमा उनले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९विरुद्धको लडाइँको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराउन खोजेको देखिन्छ । 

भिडियो सन्देशमा उनले कोभिड–१९ बाट बच्न सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाउन पनि आग्रह पनि गरेका छन् । 
साथै, उनले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । 

‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थपनमा आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको ध्यान जाने नै छ,’ भिडियोमा उनले भनेका छन् ।  

अध्यक्ष दाहालले संकटको यो घडीमा गरिब र असहायको सहयोगका लागि सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘कोभिड–१९ संक्रमणकविरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पालना गरेर घरमा बस्न म सबैलाई आग्रह गर्छु ।’


कस्तो लाग्यो ?

यो पनि