जेठ ०४, २०८१, शुक्रबार
               

न्यून आय भएका कर्मचारी, श्रमिक, बेरोजगार, डेरा गरी बसेका विद्यार्थीलक्षित राहत घोषणा गर्न माग

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न माग गरेको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिक, लागि तत्काल राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरेको हो । 

‘दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले सबैभन्दा बढी असर पुर्याएकाले उनीहरुलाई सरकारले तोकेको न्यूनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गरोस्,’ सभापति शेरबहादुर देउवाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘२० लाखसम्म ऋण लिएका सना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाओस् ।’

साथै,कांग्रेसले ठूला व्यवसायीको ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि कम्तिमा तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकारसमक्ष अपिल पनि गरेको छ ।

यो पनि