जेठ ०३, २०८१, बिहीबार
               

भारत र चीनसँगका सबै नाका आज १० बजदेखि बन्द

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोनाको संभावित संक्रमणबाट बच्न सोमबार बिहान १० बजेदेखि भारत र चीनसँगका सबै नाका बन्द हुँदै छन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ ।

नाका बन्द भने आपूर्ति व्यवस्थाका लागि नहुने सरकारले जनाएको छ । मानवको आवागमनका लागिमात्र नाका बन्द रहने तर ढुवानी व्यवस्था यथावत हुने अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

सरकारको यो निर्णय एक साताका लागि हो । यसबीचको अवस्था हेरेर सरकारले त्यसपछिको कदम चाल्ने छ ।

 

यो पनि