जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट सावधानी अपनाऔँः मुख्यमन्त्री पौडेल

रासस
चैत ०८, २०७६

ADVERTISEMENT

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसकोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् । 

मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार, वागमती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक रहेको उल्लेख गरेका छन् । 

‘उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार वागमती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक छ, ‘त्यसैले संघीय सरकार एवं वागमती सरकारले यसअघि गरेका अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत गर्नुभएको आग्रहअनुसार आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्नुहुन सबैमा अनुरोध गर्दछु’, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि