जेठ ०४, २०८१, शुक्रबार
               

कोइरालाको दशौँ स्मृतिमा मास्क र स्यानेटाइजर वितरण

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवसको अवसरमा मास्क र स्यानेटाइजर वितरण गरिएको छ । 

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औँ स्मृति दिवसको अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ ।

नेपाल विद्यार्थी संघ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले दुई हजार ५०० माक्स र ५० स्यानेटाइजर वितरण गरेको हो । 

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसङ्घले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । 

नेविसंघका अर्का महामन्त्री युवराज पाण्डेले कोरोनालाई देखाएर बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्न नहुने बताए ।

त्यसैगरी दुःखका बेला हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताए ।

यो पनि