जेठ ०४, २०८१, शुक्रबार
               

देउवाद्वारा गरिबका लागि राहत घोषणा गर्न सरकारको ध्यानाकर्षण

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग राहतको माग गरेका छन् । 

देउवाले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आए गरिबीको रेखामुनि रहेका  दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई कष्टकर अवस्थामा रहेकाहरुलाई सरकारले राहत दिनुपर्ने माग गरेका गरेका हुन् ।  

साथै उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

‘तर युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारिता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराउँदछु,’ देउवाले सोमबार विज्ञप्तिमार्फत भनेका छन् ।

सरकारलाई ध्यानाकर्षण गराएको उनको पत्रमा सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन सक्ने भएकाले प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ । 

त्यसैगरी, उनले संभावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र  आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्न पनि सरकारलाई सुझाब दिएका छन् । 

‘अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘अत्यावश्यक खाद्यान्नको थप मूल्यवृद्धिसंगै कालोबजारी फस्टाएकाले उपभोक्ताको हितसंरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु ।’

यो पनि