जेठ ०३, २०८१, बिहीबार
               

चीनले नेपाललाई पत्र काटेरै भन्यो : कोरोनाविरुद्ध लड्न के–के आवश्यक छ

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

चीनले  कोरोनाविरुद्ध लड्न आवश्यक पर्ने सहयोगको लिस्ट पठाउन आग्रह गरेको छ । चीनले नेपाललाई एक पत्र पठाइ यस्तो आग्रह गरेको हो । 

चीनले नेपाललाई पठाएको पत्रमा भनिएको छ, ‘के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं ।’

नेपाल परराष्ट्र मन्त्रालयले चीनले नेपाल कोरोनाको उच्च जोखिममा बताउँदै त्यसबाट बच्नका लागि आवश्यक साम्रीको लिस्टको माग गरेको छ । 

परराष्ट्र मन्त्रालयले नेपालको जनजीवन र आर्थिक क्षेत्र कोरोनाका कारण प्रभावित भएकाले त्यसबाट बच्नका लागि चीन सदैव नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएको छ । 

चीनले नेपाललाई पठाएको पत्रमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउनसमेत चाहेको जनाएको छ । त्यस्तै चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइनेसमेत बताएको छ ।

केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि