मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना फैलन नदिन सरकारले भरपर्दो योजना बनाउनुपर्छ : नेता सिंह

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उनले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्न सक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिए ।

पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । काँग्रेस काठमाडौँका सभापति सबुज(कृष्ण) बानियाँले जनताको पक्षमा काँग्रेसले काम गर्नसके मात्र आगामी निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्ने बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि