बैशाख २८, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक ओली–दाहाल भेट

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि अध्यक्षद्वयबीच पहिलोपटक भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिएका छन् । 

भेटमा प्रचण्डले ओलीको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । प्रधानमन्त्री ओली शुक्रबार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि