बैशाख २२, २०८१, शनिबार
               

मेरा खुट्टा परालका होइनन् : नेता कोइराला

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT


नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् । 

नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा  उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए । 

केन्द्रीय सदस्य कोइरालाले भने, ‘संसद्मा प्रतिपक्षको आवाज नै  सुनिएको छैन  । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ ।  सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो, तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो ।’

 केन्द्रीय समितिको बैठक नबस्दा आफूहरूले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै  नपाएको र  कांग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले  बताए । ‘पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने,’ उनले भने । 

तपाईं अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले आफ्नो खुट्टा परालको नभएको बुझ्न आग्रह गरे । उनले भने, ‘अहिले स्पष्ट कसरी भनूँ, कार्यकर्ता के चाहन्छन्  भनेर अहिले म त्यो बुझ्दैछु ।’

यो पनि