बैशाख २३, २०८१, आइतबार
               

घनश्याम भुसालद्वारा प्रदेश मन्त्री संयन्त्र गठन

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूको संयन्त्र गठन गरेका छन् । 
भुसालले सातै प्रदेशका मन्त्रीलाई राजधानी बोलाइ यस्तो संयन्त्र गठन गरेका हुन् ।  

उनले संघ र प्रदेश सरकारको कर्यक्रममा समन्वय गर्न, योजनामा एकरुपता ल्याउन र स्रोत परिचालनलाई प्रभावकारी बनाउन संयन्त्र गठन गरेको बताए । 

भुसालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र योजना निर्माणमा प्रदेशको सुझाब लिन सातै प्रदेशका मन्त्री  तथा सचिवलाई प्री–बजेट समन्वय बैठकमा बोलाएका थिए । 

बैठकमा कृषि विकासका लागि संघीय र प्रादेशिक मन्त्रालय बीचको योजना, कार्यक्रम र बजेट निर्माण समन्वयात्मक ढंगले गर्ने, कृषि विकासका योजना र कार्यक्रम कार्यान्वयनमा आवश्यक सहकार्य गर्ने सहमति जनाइएको छ । 

त्यसैगरी, कृषि क्षेत्रको संरक्षण र विकासका लागि तीनै तहका सरकारहरुबाट प्रदान गरिने सेवा, सुविधा र स्रोत परिचालनमा एकरुपता कायम गर्नेलगायत सहमति पनि भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि