बैशाख २४, २०८१, सोमबार
               

मुख्यमन्त्री पोखरेलले दिए होलीको शुभकामना

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन् । 

आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गरे । 

मुख्यमन्त्री पोखरेलले शुभकामनामा नोबेल कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि