बैशाख २७, २०८१, बिहीबार
               

वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्छन् : प्रवक्ता श्रेष्ठ

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने बताएका छन् । 
राष्ट्रिय सभा सदस्यको शपथ लिन राष्ट्रियसभा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् । 

उनले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरिसकेकाले सो निर्णयबमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने बताए । 

‘अहिले प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ, पार्टीले गरेको निर्णयअनुसार नै प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गर्नुहुन्छ,’ उनले भने, ‘यो पार्टीको निर्णय हो। अध्यक्ष केपी शर्मा ओली आफैँ बसेर गरेको निर्णय हो । पार्टीको निर्णय लागू हुन्न भन्ने प्रचारमा विश्वास छैन ।’ साथै, उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनेबारे अनावश्यक बहस गर्न आवश्यक नभएको
उनले बताए । 

राष्ट्रिय सभा सदस्य गौतम कि अर्थमन्त्री खतिवडा भन्ने विषयले नेकपामा विवाद चुलिरहेको अवस्थामा प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि हस्पिटल भर्ना भएसँगै अहिले यो विषय ओझेलमा परेको छ । 

यो पनि