जेठ ०८, २०८१, मंगलबार
               

पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ :  वरिष्ठ नेता पौडेल

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् । स्व: कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आज आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थिती देखाउनुपर्ने बताए ।

 नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने बताए । उनले पद बाँडेर पार्टी बलियो नहुने चर्चा गर्दै भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्नुपर्ने बताए ।    

  नेपाली काँग्रेस, प्रदेश नं १ प्रमुख सचेतक केदार कार्कीले कार्यकर्ताले जनताको घरदैलोमा पदका लागि नभई सुखदुःखमा सहभागी हुन आग्रह गर्दै विधानअनुसार पार्टी सञ्चालन नभएमा समाप्त हुने धारणा राखे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य महेश आचार्यले कृष्णप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाको लागि ठूलो त्याग गर्नुभएको स्मरण गरे ।  

अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गरी विधान संवाद हिड्न नेतृत्वलाई आग्रह गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अध्यारो समाजलाई शैक्षिक, राजनैतिक, चेतना र आर्थिक रुपमा चेतना जागृत गराउन स्व कोइरालाले आफ्नो जीवन सपर्मण गर्नुभएको स्मरण गरे ।

    परिषद्का अध्यक्ष अशोक कोइराला, नेका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सम्मानित व्यक्तित्व शर्मा र दधिराज सुुवेदीले शिक्षाको विकास र प्रजातन्त्र स्थापनका स्व कोइरालाले खेलेकाे भुूमिकाबारेमा चर्चा गरे ।

यो पनि