बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाभाइरसका कारण नेकपाको भेला तथा प्रशिक्षण स्थगित

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको डरका कारण नेकपाले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको हो ।

मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिने पार्टी केन्द्रीय किमिटीले निर्णय गरेको थियो ।

भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो । 

सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।

यसैबीच, कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरु भने बिर्तामोड पुगिसकेका छन् ।

उपयुक्त समयमा फेरि अर्को निर्णय गरेर कार्यक्रम गरिने नेकपाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि