बैशाख २५, २०८१, मंगलबार
               

नेपालमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित : मन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT


परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभासम्मेलन स्थगित गरिएको बताएका छन् । 

उनले मन्त्रिपरिषद् बैठकले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित गर्ने निर्णय गरेसँगै अब नेपालमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित भएको बताएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तर्रा्ष्ट्रिय सभा सम्मेलन स्थगित गर्ने निर्णय भएको उनले जानकारी दिए । 

योसँगै उनले अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित बताए । 


कस्तो लाग्यो ?

यो पनि