जेठ ०३, २०८१, बिहीबार
               

पौडेलको विरोधको बेवास्था गर्दै देउवाले गठन गरे पुनः केन्द्रीय विभाग

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः केन्द्रीय विभाग गठन गरेका छन् । उनले पार्टीभित्र विरोध हुँदाहुँदै पनि उनले सात केन्द्रीय सदस्य थप गरेका हुन् ।  

जसअनुसार  एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । यसअघि शनिबार देउवाले विभिन्न १३ वटा विभाग गठन गरेका थिए ।

पौडेल समूहले महाधिवेशनको मिति सार्वजनिक भएसँगै आचारसंहिता लागेको भन्दै विभाग गठन भए कानुनतः खारेज हुनुपर्ने बताएको छ ।  
काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ ।

यस्तै, देउवाले ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग,  मोहनबहादुर बस्नेतलाई खेलकुद विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र  हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन् । 

यो पनि