जेठ ०५, २०८१, शनिबार
               

रोकिएनन् देउवा, ७ विभाग प्रमुख थपिए

नेपाल फ्ल्यास
फागुन १९, २०७६

फाइल फोटो
ADVERTISEMENT

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तर्विरोध उपेक्षा गर्दै थप ७ वटा विभागमा प्रमुख नियुक्त गरेका छन् ।

देउवाले आइतबार १७ वटा विभागको प्रमुख तोक्दा नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षले आपत्ति जनाएको थियो ।

तर देउवाले सोमबार थप विभाग प्रमुख तोकेका हुन् । उनले एनपी साउदलाई शुभेच्छुक संस्था र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख बनाएका छन् ।

त्यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद विभागको जिम्मेवारी दिएका छन् भने अम्बिका बस्नेतलाई वातावरण तथा विपत् व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला विभाग प्रमुख बनाएका छन् ।

यसै गरी वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख बनाइएको छ ।

यो पनि