जेठ ०४, २०८१, शुक्रबार
               

विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग

रासस
फागुन १९, २०७६

ADVERTISEMENT

झापा । नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गरेका छन् ।  

दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उनले विकल्प दिएर मात्र संरचना हटाउन माग गरेको बताए । 

सञ्चारकर्मीहरुसँग सोमबार कुराकानी गर्दै सभापति भण्डारीले आफ्नो पार्टी विकास विरोधि नभएको स्पष्ट पारेका छन् ।  अतिक्रमित संरचना हटाउने कार्य नरोकिने सडक व्यवस्थापन तथा शहरी सुदृढीकरण समितिका संयोजकसमेत रहेका दमक– २ का वडाध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पारे । 

यसैबीच स्थानीय पशुहाट बजारको दक्षिण सडकको जमीनमा बस्दै आएका सात घरपरिवारले नगरपालिकाबाट जबर्जस्ती संरचना भत्काउने कार्य भएको भन्दै पहिले क्षतिपूर्ति दिन  माग गरेका छन् । आफूहरु वर्र्षौंदेखि त्यहाँ बस्दै आएका भन्दै उनीहरुले विकासको नाममा  अवरोध नरहने स्पष्ट पारेका छन् । 
 

गिरिजाप्रसाद कोइराला फाउन्डेशन गठन 

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापामा फाउन्डेशन गठन गरिएको छ । आज दमकमा सम्पन्न भेलाले कोइरालाको योगदानलाई स्मरण गराउने उद्देश्यले बुद्धिराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय फाउन्डेशनको जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ ।

गठित समितिको उपाध्यक्षमा राजकुमार गौतम र दीपक काफ्ले, सचिवमा श्यामकुमार लम्साल, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्षमा नेत्र पौडेल रहेका छन् ।  

यसैगरी सदस्यमा आशा शर्मा शिवाकोटी, ज्ञानु न्यौपाने, हस्त परियार, बालकृष्ण थपलिया, पदम प्रसाई, भूमि राजवंशी, शर्मिला अधिकारी, ज्ञानेन्द्र खत्री, घनेन्द्र सुब्बा, प्रकाश भण्डारी, जगनाथ आचार्य र टङ्क दुलाल रहेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि