जेठ ०४, २०८१, शुक्रबार
               

धर्म परिर्वतन गराउने गिरोह सक्रिय

रासस
फागुन १६, २०७६

ADVERTISEMENT

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।

मिडिया नेपाल प्रदेश १ ले शुक्रबार सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

पार्टी अध्यक्ष थापाले सातै प्रदेशमा सङ्गठन विस्तारदेखि पार्टीभित्र देखिएका आन्तरिक कलहलाई हटाउनमा जोड दिएका छौं भन्दै पार्टी सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको जानकारी गराए ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि