बैशाख १८, २०८१, मंगलबार
               

पेट्रोलियम पदार्थको थप कर फिर्ता गर्न राप्रपा संयुक्तको माग

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले पेट्रोलियम पदार्थमा थपिएको कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी सो कर खारेजीको माग गरेका हुन् ।

राप्रपा संयुक्तले जुनसुकै कारणले भए पनि कर उठाउने निर्णय जनताबाट अनुमोदित हुनु पर्ने जनाएको छ । संसद् चलेको बेला सरकारले कर फेरबदल गर्नु प्रजातान्त्रिक मान्यताविपरीत भएको आरोप उसले लगाएको छ ।

सरकाले पूर्वाधार विकासको लागि भन्दै इन्धनमा थप कर लगाउने निर्णय गरेको थियो ।

अध्यक्षद्वय राणा र लोहनीले यसअघि लगाइएको करबाट सङ्कलित ४१ अर्ब रुपैयाँ खर्च गर्न नसकिरहेको बेला कर थप्ने निर्णय गैरजिम्मेवार भनेका छन् । उनीहरूले जनतालाई कर थोपर्नु निन्दनीय भएको उल्लेख गरेका छन् ।

यो पनि