बैशाख २७, २०८१, बिहीबार
               

के भएको थियो नेकपा सचिवालय बैठकमा ?

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेकपा सचिवालयको बुधबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने गरी गरेको निर्णय तीन घण्टा पनि टिकेन ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यो निर्णय नटेर्ने भनेबाट केही प्रश्न उब्जिएका छन् ।

मुख्य प्रश्न अध्यक्ष ओली स्वयंले नचाहेका थिए भने बैठकले त्यस्तो निर्णय किन गर्यो ?

के भनेका थिए त ओलीले बैठकमा ?

बैठकमा ओलीले नै वामदेवलाई राष्ट्रियसभामा लैजाउँ तर अरू निर्णयहरू भने पछि गरौँला भनेको एक सचिवालय सदस्यले बताए ।

ती सचिवालय सदस्य भन्छन्- ओलीको त्यो भनाइमा पीडा र आक्रोश दुवै थियो । किनकि त्यसअघि नै ओलीले आफूविरुद्ध षडयन्त्र भएको बताइसकेका थिए । ओली त्यतिमा मात्र रोकिएका थिएनन् । उनले भनेका थिए- जस्तोसुकै षडयन्त्रको पनि सामना गर्न तयार छु । 

ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने, संविधान संशोधन तथा राष्ट्रपतिको अधिकार थप्ने विषयलाई गोलमटोल गरेर आफूविरुद्ध खेल खेलिएको भन्दै रोष व्यक्त गरेका थिए ।

पार्टी संगठनमा एक्लिएको महसुस गरेर अध्यक्ष ओलीले कुनै उद्देश्यले नयाँ तुरुप फालेको हुनसक्ने नेकपाका अर्का अध्यक्ष प्रचण्ड निकट एक नेताले बताए । उनले ओलीले सचिवालयको निर्णय नमाने पार्टी गहिरो संकटमा फस्ने जनाए ।

 

यो पनि