बैशाख २४, २०८१, सोमबार
               

एक अर्बको डिलमा बाँस्कोटा एक्लै छैनन्, अरूमाथि पनि छानबिन हुनुपर्छ : देउवा

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्रको संलग्नता हुन नसक्ने बताएका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै छानबिनको माग गरेका हुन् । 

बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नभएको उनले बताए ।  ‘यो चानचुने विषय होइन’, उनले भने,  ‘बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार छैन, अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्छन् ।’

यो प्रकरणलाई कांग्रेसले त्यत्तिकै नछाड्ने भन्दै उनले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको देउवाको आरोप छ । ‘भ्रष्टाचारका काण्ड कति भए भन्ने गनेर साध्यै छैन’, देउवाले भने,  ‘तर भ्रष्टाचारी लुकाउन सरकार नीतिगत रुपमै लागेको छ ।’

नीतिगत निर्णयको नाममा सरकारले मनपरी गरेको र आफ्ना कमजोरी चोख्याउने तथा भ्रष्टाचारीलाई उम्काउने काम गरेको उनले बताए ।

यो पनि