बैशाख २४, २०८१, सोमबार
               

बाँस्कोट जति दोषी हुन् प्रधानमन्त्री पनि त्यति नै : गगन थापा

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ७० करोड घुसकाण्डमा निर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रधानमन्त्री केपी ओली बराबर दोषी भएको आरोप लगाएका छन् । 
 
बर्दियाको भुरिगाउँमा आयोजित कांग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले भने, ‘त्यो प्रकरण प्रधानमन्त्रीलाई थाहा भए पनि लुकाउनतिर लागे ।’ 

‘गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको जुन कुरा सुन्यौं, त्यो प्रकरणमा जोडिएका अर्का व्यक्तिले यो कुरा प्रधानमन्त्रीलाई दुई महिनाअघि नै थाहा भएको बताएका छन्।

तर, दुई महिनाअघि यत्रो कुरा थाहा पाएका प्रधानमन्त्रीले काभ्रे गएर भन्नुभयो – गोकुल जस्तो प्रतिभा मेरो सरकारमा अरु कसैको छैन,’ थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ– तपाईंलाई थाहा थियो। तर त्यसलाई लुकाउन लाग्नुभएकाले तपाईं यसमा संलग्न हुनुहुन्थ्यो। तपाई संलग्न भएको हुँदा गोकुल बाँस्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो।’ 

यो पनि