बैशाख १८, २०८१, मंगलबार
               

भ्रष्टाचारविरुद्ध उभिन प्रधानमन्त्रीलाई मौका : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारविरुद्ध उभिने उपयुक्त मौकाआएको बताएका छन् ।

मन्त्री गोकुल बास्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक गरेको प्रकरणमा पूर्वमन्त्री लोहनीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्रीले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अङ्गालेको भनेको सन्दर्भमा मन्त्री बास्कोटालाई पदमुक्त गरी छानबिन गरेर दोषी उपर कारबाहीको सिफारिसको लागि  अधिकार सम्पन्न संसदीय समिति गठन गर्न माग गरेका छन् ।

उनको प्रेस विज्ञप्तिको पूर्ण पाठ

प्रेस वक्तव्य

१. नेपाल सरकारले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अघि बढाउँदै गर्दा प्रेस कम्पनीका नेपाली एजेन्ट मार्फत सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले कमिसन बापत रु. ७० करोड लेनदेन गर्न तय गरेको भन्ने समाचार प्रति राप्रपा(संयुक्त)को गम्भीर ध्यानाकर्षण भएको छ ।

२. प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पी. ओलीले बारबार आफू पनि भ्रष्टाचार नगर्ने र अरूले गरेका भ्रष्टाचार सहन पनि नगर्ने कुरा बताउँदै आउनु भएको सन्दर्भमा प्रधानमन्त्रीका विश्वसनीय व्यक्ति एवं नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटासँग सम्बन्धित समाचार प्रति सिङ्गो राष्ट्रकै ध्यान केन्द्रित भएको छ । र आम नेपाली यो घटनाबारे प्रधानमन्त्रीको कदम वा निर्णयको पर्खाइमा छन् । भ्रष्टाचारबारे शून्य सहनशीलताको नीतिलाई प्रधानमन्त्रीले व्यवहारमै चरितार्थ गरेर देखाउने उपयुक्त मौका आएको आम नेपालीको बुझाई छ ।

३. यसर्थ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो आदर्श र प्रतिबद्धतालाई व्यवहारमा चरितार्थ गराउन र आफ्नो विश्वसनीयताको दायरा र ओज बढाउन आरोपित व्यक्ति गोकुल बास्कोटालाई मन्त्री पदबाट मुक्त गरी घटनाको छानबिन गरेर दोषी उपर कारबाहीको सिफारिसको लागि  अधिकार सम्पन्न संसदीय समिति गठन गर्न राप्रपा(संयुक्त) नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

यो पनि