जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीलाई प्रचण्डले भने, ‘सञ्चारमन्त्रीका विषयमा तपाई नै निर्णय गर्नुस्’

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। वार्ताका क्रममा अध्यक्ष दाहालले सञ्चारमन्त्री बाँस्कोटाबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै सुम्पेका छन्।

बालुवाटार स्रोतका अनुसार छलफलमा क्रममा अध्यक्ष दाहालले सञ्चारमन्त्री बास्कोटाबारे निर्णय गर्ने जिम्मा ओलीलाई नै दिएका छन्। ‘गोकुल बास्कोटा तपाईकै क्याबिनेटका मन्त्री हुन्। यससम्बन्धी तपाई नै निर्णय गर्नुस्,’ दाहालको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले जनायो । 

सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले घुस लिएको अडियो सार्वजनिक हो ।  यसमा सरकारलाई प्रमुख प्रतिक्षप कांग्रेसले बास्कोटालाई बर्खास्त गर्न माग गरेको छ।यससँगै समसामयिक विषयमा छलफल गर्न बिहिबार  बिहान अध्यक्ष  दाहाल बालुवाटार पुगेका थिए। स्रोतकाअनुसार यस विषयमा के गर्ने भन्ने निष्कर्ष निस्केको छैन। सञ्चारमन्त्री बास्कोटा कञ्चनपुरबाट फर्केपछि भेटेर नै कुराकानी गर्ने मुडामा प्रधानमन्त्री रहेको जनाएको छ।

यो पनि