जेठ ०४, २०८१, शुक्रबार
               

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब
अडियाे टेप सार्वजनिक पछि के - के भयाे ?

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

‘भष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीले यस प्रकरणमा बाँस्कोटालाई जोगाएमा प्रधानमन्त्रीको छवि झनै गिर्ने भन्दै ओलीमाथि  दबाब  छ । बाँस्कोटालाई जोगाउँदा भ्रष्टाचारी संरक्षणकर्ता भएको पुष्टि हुने देखिने हुँदा बाँस्कोटामाथि कठोर हुनैपर्ने दबाब ।

काठमाडाै‌‌ । सेक्युरिटी प्रिन्टिङ खरिद तयारी प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् उनलाई बर्खास्त गरी गरी कारबाही गर्न प्रधानमन्त्रीलाई दबाब बढेको छ । विपक्षी दल नेपाली कांग्रेसबाट मात्र नभई आफ्नै दलका शीर्षस्थ नेताहरुबाट बाँस्कोटालाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब  आएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताहरुले बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीका विश्वास पात्रसमेत रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिसन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ । 

नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले समेत प्रधानमन्त्री ओलीलाई भेटेर सञ्चारमन्त्रीको राजीनामा गराउन दबाब  दिएका छन् । जवाफमा प्रधानमन्त्रीले यस विषयमा मन्त्री बाँस्कोटालाई नै बोलाएर बुझ्ने र थप निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । बिहीबारको बैठक सुरु हुनासाथ कांग्रेसका सांसद जितेन्द्र देवले मन्त्रीलाई बर्खास्त नभएसमम बैठक चल्न नदिने बताए । ‘सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका नजिकका सहयोगी सञ्चारमन्त्रीले भ्रष्टाचार गरेको प्रमाण सार्वजनिक भएको छ, अविलम्ब बर्खास्त गर्नुपर्छ, यो घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्नुपर्छ, यो घटना बारेमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ, यी तीनवटा माग पूरा नभएसम्म संसद् बैठक चल्न दिदैनौँ ।’

बाँस्कोटाले कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि कांग्रेसले पत्रकार सम्मेलन नै गरेर आधिकारिक धारणा सार्वजनिक गरेको छ । ‘७० करोड कमिसन मागेको अडियो नै सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष छानबिन प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक आग्रह गर्दछ ’ कांग्रेसको विज्ञप्तिमा  भनिएको छ ।

‘भष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीले यस प्रकरणमा बाँस्कोटालाई जोगाएमा प्रधानमन्त्रीको छवि झनै गिर्ने भन्दै ओलीमाथि दबाब  छ । बाँस्कोटालाई जोगाउँदा भ्रष्टाचारी संरक्षणकर्ता भएको पुष्टि हुने देखिने हुँदा बाँस्कोटामाथि कठोर हुनेपर्ने दबाब छ ।यता सञ्चारमन्त्री बाँस्कोटाले भने आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।  ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु’, बेलडाँडी गाउँपालिकामा बिहीबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।’ 

पछिल्ला प्रकरणपछि संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

यो पनि