जेठ ०४, २०८१, शुक्रबार
               

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने समेत उनको माथ थियो । लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर  बैठक अवरुद्ध गरेका छन् ।

 स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्डको  संवाद बाहिरिएपछि यस विषयको थर रहस्य पर्दाफास भएको हो । बास्कोटा र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको पुष्टि भैसकेको भन्दै कांग्रेसले कारवाहीको माग गर्दै बैठक अवरुद्ध गरको हो ।  सार्वजनिक अडियोमा बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन् । बाँकी रकम कमिसन आफूहरुले राख्ने आशय व्यक्त गरेका छन् । 

यो पनि