बैशाख २४, २०८१, सोमबार
               

‘ब’ पुराण ‍‍‍‍(व्यंग्य) : विप्लवले बाँस्कोटाकाे बिजाेग बनाए

केशवराज अर्याल
फागुन २९, २०७६

ADVERTISEMENT

ब्याजसहित बहत्तर करोडको बात लागेका बहुलठ्ठी वामनेता बास्कोटाको बङ्गलामा बुधबार बिहानै विप्लवको बर्बरतापूर्ण बम विस्फोटले बिचल्ली बनायो । विप्लववादीले बर्साएका बम बाबरीको बोटछेउमा विस्फोट हुँदा बार्दलीमा गएर बज्रियो । बम बर्सिएपछि बास्कोटाको बडिगार्डले बम बिस्फोटबारे बालकोटमा बास्कोटा बुढालाई बताएपछि बुढा त बालकोटको बाको बंगलामा बसिरहेका बेला बेन्चबाट बङ्लङ्गै बाह्र बल्ड््याङ बारीमा बज्रिँदा बुद्धिबङ्गारा बांगिएपछि बुढा बेहोस । 

‘बास्कोटाको बस्ती बताऊ’ भन्दा बालकुमारीका बासिन्दा बलबहादुर विष्टले ‘बच्चाको बिजोग बनाउने बोर्डिङछेउमा बास्कोटाको बङ्गला बनिरहेको’ बताए । बास्कोटाको वतन पाएपछि बर्दीधारी बास्कोटाको बंगलातिर बत्तिए ।

बेहोसबाट बिस्तारै बिउँझिएपछि बाह्र सत्ताइसको बात मार्दै बहुलाए । बास्कोटा बुधबार बिहानै बुढीसँग बनेपामा बहिनीको बिहेमा बेत्तोडले बत्तिने विचारमा थिए । बट्,  बम विस्फोटपछि बिहीबारको बिहे नि बिजोग बन्ने भो । बस्तीछेउका बालकोट, बाह्रबिसे, बोडे, बनेपा, बाँडेगाउँ, बानेश्वर, बबरमहल, वसन्तपुर, बालाजु, बांगेमुढा, वसुन्धारा, बाफल, बल्खु, बागबजार, बिजुलीबजार, बालुवाटार  बाह्र टोलका बाइस सय बालबालिका, वयस्क र बुढाबुढीहरूबो बथानै बर्सिएपछि बास्कोटा बस्तीमा बाटो बन्द भो । बम विस्फोटले बाह्र सय बयानब्बे बस्तीसम्म बिजोग बन्यो । । 

बास्कोटा बंगलाको बम विस्फोटपछि बास्कोटा बहुलाझैँ बने । बमले बिगारेका बिजुली बत्ती, बंगलाको बार्दलीमा बनाएको बुट्टाहरू बटुल्दै बास्कोटा बुढा बर्बराएर  बहुलारूले  बर्बाद बनाए भन्दै बाहिर बेन्चमा बिस्तारै बसे । बम विस्फोटपछि बारा, बाजुरा, बैतडी, बागलुङ, बाँके  बर्दिया, बझाङ, वीरेन्द्रनगर र वीरगञ्जका बासिन्दाले बमले बुढाको बस्तीमा बिजोग बनाएको बारे बुझ्दै नबुझी बाउँठिए । 

बालकोटदेखि, बानेश्वर, बबरमहलसम्म, बग्गिखानादेखि वसन्तपुर हुँदै वसुन्धरासम्म बम विस्फोटले बाँस्कोटा बंगलाको बिजोग बनेपछि बानेश्वर र बालकोबाट बाइसजना बर्दीधारी बन्दुक बोकेर बत्तिए । ‘बास्कोटाको बस्ती बताऊ’ भन्दा बालकुमारीका बासिन्दा बलबहादुर विष्टले ‘बच्चाको बिजोग बनाउने बोर्डिङछेउमा बास्कोटाको बङ्गला बनिरहेको’ बताए । बास्कोटाको वतन पाएपछि बर्दीधारी बंगलातिर बत्तिए ।

‘बालुवाटारको बैठकमा बहुलठ्ठी विप्लव समूहले बंगलामा बम बर्साएको बताएपछि बादलले नि विचार गरे । बलात्कारी बहादुर महरा बुढालाई त बोलाइसके । विप्लवबादीले बाँस्कोटाले ब्याजसहित बहत्तर करोडको वार्ता बाध्यताले बिहानको बेला बम बर्साउनुपरेको बताउँदा बास्कोटा बस्तीछेउका बासिन्दाले विप्लवको विरोधमा बर्सिए । 

बालकोटमा बाको बंगलामा बस्दाबस्दै बाठा बनेका बास्कोटालाई  सत्तरी–बहत्तर करोडका बात लागेपछि  बडाेदशा बन्याे । बन्दै गरेको बंगलामा विप्लवको बम विस्फोटले बाह्र मिनेटमै बिचल्ली बनायो । बालाई बताउन नि के बताउनु, बाकै बिजोक छ । विप्लवको बेइज्जत र विरोध गर्दै बन्धक बनाएर विप्लवलाई विभिन्न व्याख्या गरेका बास्कोटा सरकारको विप्लवले बम विफोष्ट गरेर बदला लिँदै बाउको बिहे देखाइदिए । 

बम विस्फोटबारे बादल बोल्न बिच्किए । विस्फोटपछि बास्कोटा बस्तीमा बाटो, बिजुली, विभिन्न विषयहरू बन्द भएको छ । ब्राजिल, बोलिभिया, बम्बई, बेइजिङ, बेल्जियम, बहराइन, बेलायतबाट समेत बम विस्फोटको विरोध र बदनाम गरे । बम विस्फोटपछि बिरालो विप्लव बाघ बनेका छन् र बाघ बास्कोटाचाहिँ बिरालो बनेका छन् ।’ बनेपामा बाटाेमा बदाम बेच्ने  बलबहादुर बरालले बिहीबार बताए ।

लेखक नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा रुचि राख्छन् । उनी तिनै विधामा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि