बैशाख १२, २०८१, बुधबार
               

साहित्यकार परिचयपत्र वितरण सुरू

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले लेखक/साहित्यकारलाई परिचयपत्र वितरण कार्यको सुरु गरेका छन्।

प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।

सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो। सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि