भदौ २८, २०८१, शुक्रबार
               

यो वर्षको मदन पुरस्कार इङनामलाई, जगदम्बाश्री थापालाई

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामले प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले  ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।

साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ ।  विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘ आधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो । 

२०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।   त्यसयता थुप्रै स्रष्टा र कृतिले सो पुरस्कार प्राप्त गरेका छन् । 

यो पनि