बैशाख २०, २०८१, बिहीबार
               

विश्वभर भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा दर्ता

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस विश्वभर फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा दर्ता गरेको छ । 

कोरोना भाइरस फैलाइ अर्बौ डलरबराबरको क्षति गराएको भन्दै अमेरिकाका मिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार चीनविरूद्ध मुद्दा दर्ता गरेका हुन् । 

साथै, अमेरिकाले चीनलाई कोरोना भाइरस ढाकछेप गरेकाले महामारीका रुपमा विश्वभर फैलाउन सहयोग गरेको आरोप लगाइएको छ । 

अदालतमा दायर गरिएको उक्त मुद्दामा चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप गुपचुपमा राखेको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाइएको छ । 

उक्त मुद्दा महान्याधिवक्ता एरिक  स्मिटले दर्ता गरेका हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग, वुहान नगरको सरकार तथा वुहान इन्सिट्यूट अफ भाइरोलोजीलाई प्रतिवादी बनाइ उक्त मुद्दा आदलतमा दायर गरिएको छ । 

यो पनि