बैशाख १५, २०८१, शनिबार
               

२०२५ को मार्चसम्म युक्रेनी शरणार्थी युरोपमा बस्न पाउने

नेपाल फ्ल्यास
असोज १२, २०८०

ADVERTISEMENT

युरोपेली सङ्घ (ईयू)ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार दिएको छ । 

आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो ।

स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि लाखौँ युक्रेनी शरण खोज्न युरोपका अरु देशमा पुगेका छन् । 

यो व्यवस्थाले झण्डै चार लाख युक्रेनी शरणार्थीलाई सहज भएको छ । ईयूले युक्रेनी नागरिकलाई आवश्यक सबै सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि