बैशाख २६, २०८१, बुधबार
               

रहेनन हरित क्रान्तिका वैज्ञानिक एमएस स्वामीनाथन

नेपाल फ्ल्यास
असोज ११, २०८०

ADVERTISEMENT

काठमाडौं । भारतमा हरित क्रान्तिका वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीमा उल्लेख छ । 

स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने उनि पहिलो व्यक्ति हुन् । यसले भारतमा गहुँ उत्पादनमा ठूलो वृद्धि भएको छ ।

स्वामीनाथन पद्मश्री, म्याकसेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।  किसानको अवस्था सुधार र कृषि प्रवर्धनका लागि उनले सरकारलाई विभिन्न सिफारिस गरेका थियो तर, अहिलेसम्म पनि ती सिफारिस पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

सरकारले उनको माग सम्बोधन गर्न आयोगको नाम नै स्वामीनाथन राखेको थियो । तर, आयोगको सिफारिस कार्यान्वयन नहुँदा किसानले पटक पटक आन्दोलन गर्दै आएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि