धादिङको दुर्गम हिमालमा पर्ने रुवीभ्यालीमा १५ शय्याको आइसोलेसन सेन्टर बन्ने भएको छ ।
कोभिड संक्रमणको जोखिम कायमै रहेको बेला जनजाति कल्याण आश्रम र सेवा इन्टरनेशनल नेपालको सहयोगमा आइसोलेसन सेन्टर बन्न लागेको हो ।
सिङला पर्यटन विकास समाज तथा रुवीभ्याली गाउँपालिकाको विशेष पहलमा आइसोलेसन निर्माणको काम थालिएको हो ।
आइसोलेसनका लागि सवारी साधन नचल्ने विकट क्षेत्रमा मानिसले निर्माण सामग्री बोकेर लगेका छन् । सामग्री संकलनको काम लगभग सकिएकोले छिट्टै आइसोलेसन सेन्टर बन्ने जनजाति कल्याण आश्रमले जनाएको छ ।