बैशाख १३, २०८१, बिहीबार
               

कोहलपुर अस्पतालमा ४ कोरोना सङ्क्रमितको मृत्यु

रासस
बैशाख २१, २०७८

ADVERTISEMENT

बाँके । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११:४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११:५० बजे मात्र १० मिनेटको अन्तरमा मृत्यु भएको हो ।

यसै गरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको मंगलबार बिहान ४:३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६:३० बजे मृत्यु भएको हो । यीसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा मात्र १ सय ४१ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १ सय २५ छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि