बैशाख १८, २०८१, मंगलबार
               

वीर अस्पतालका चिकित्सक धर्नामा

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं  । वीर अस्पतालका आवासीय चिकित्सक धर्नामा बसेका छन् । 

कोरोना महामारीको समयमा काम गरेवापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । चिकित्सक धर्नामा बसेका कारण इमर्जेन्सीबाहेक सबै सेवा बन्द भएका छन् । प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने उनीहरुले बताउँदै आएका छन् । 

कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि, आवासीय  चिकित्सकको योगदानको सम्मान गरौँ, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔँ, लेखिएका प्लेकार्ड बोकेका उनीहरुले आफूहरुमाथि भेदभाव भएको गुनासो समेत गरेका छन् । १० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरुले बताएका छन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आन्दोलित भएका हुन् ।

जोखिम भत्ता उपलब्ध गराउन प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् । 

यो पनि