जेठ ०४, २०८१, शुक्रबार
               

एकैदिन पोखरामा तीन कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

कास्की । कास्की पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया,उनमा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोनाका अलवा निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट पीडित थिइन् ।

त्यसैगरी, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको मृत्यु भएको हो । उनीमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट ग्रसित थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेँसीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि