बैशाख २६, २०८१, बुधबार
               

जाडोयाममा नेपालमा कोरोना संक्रमण बढ्ने विज्ञहरुको चिन्ता

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । विज्ञहरुले नेपालमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

नेपालमा सङ्क्रमणको उच्च अवस्था 'पिक टाइम' अक्टोबरको अन्त्यतिर पार गरिसकेको, र जाडोयाम सुरु भएसँगै अर्को 'पिक टाइम' आउने सम्भावना बढेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । 

दक्षिण एसियाली देशहरूको तुलना गर्दा नेपालको सङ्क्रमणमुक्त हुने दर छैठौँ स्थानमा छ। नेपालमा सङक्रमित हुनेको सङख्या १,९९,७६० पुग्दा १,६०,५७७ जना अर्थात् ८० प्रतिशत सङ्क्रमणमुक्त भएका छन्।

नेपालको पछिल्लो तथ्यांकअनुसार देशभर थप दुई हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १४२० जना संक्रमित भएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार  हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

यो पनि