जनकपुर। कोरोना संक्रमणका कारण जनकपुरधाम उपमहानगरपालिका १ निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ज्वरो आएर सास लिन कठिनाइ भएपछि उनी शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएकी थिइन् ।
उनमा शुक्रबारै कोरोना पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए । उनमा कोरोनाका अलवा उच्च रक्तचाप, मधुमेह र दमबाट पनि पीडित थिइन् ।
योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।