जेठ ०५, २०८१, शनिबार
               

कर्णाली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सो अस्पतालमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको हो ।  सामाजिक विकास मन्त्रालयका अनुसार ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि उनी असोज ३० गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन् ।

पछिल्लो सयम उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो । उनमा कात्तिक १मा कोरोना पुष्टि भएको थियो । उनको मृत्युसगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यो पनि