बैशाख २४, २०८१, सोमबार
               

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो ।

२७ असोजमा अस्पताल भर्ना भएका उनमा सोही महिनाको २५मा कोरोना पुष्टि भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनको आइतबार मृत्यु भएको हो ।

उनका अनुसार मृतकमा कोरोना संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

यो पनि