भक्तपुर । करोना सङ्क्रमण भएसँगै होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, भक्तपुरका अनुसार दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोनाका कारण शनिबार मृत्यु भएको हो ।
असोज २८ मा कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए ।स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।