जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट एकै परिवारका तीनको मृत्यु

रासस
असोज २८, २०७७

ADVERTISEMENT

तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । 

९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगियो । उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । 

यसअघि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि