बैशाख २४, २०८१, सोमबार
               

कोरोनाका कारण रुपन्देहीमा थप दुईको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

रुपन्देही ।  कोरोना संक्रमणका कारण रुपन्देहीमा थप दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा -७ की ६४ वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षका पुरुष छन् । 

मुटु अस्पताल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ की ६४ वर्षीया महिला  भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी थिइन् । उनमा भदौ १६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी  उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाबाट पीडित थिइन् । उनलाई ४ गतेबाटआइसीयुमा भेन्टिलेटरको सहायतामा उपचार गरिँदै आइएको थियो । भेन्टिलेटरमा राखी उपचारकै क्रममा उनको  शुक्रबार बिहान मृत्यु भएको हो ।

त्यसैगरी, सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । चितवनको भरतपुर क्यान्सर  अस्पतालमा उपचार गराउन गएका उनमा चार दिनअघि कोरोना पुष्टि भएको थियो । उनी मिर्गौलापीडित पनि थिए ।उनी  डायलासिस गराउन भनी सो अस्पताल गएका थिए । 

योसँगै रुपन्देहीमा कोरोनाका  कारण कुल १४ जनाको मृत्यु भएको छ ।

यो पनि