बैशाख २५, २०८१, मंगलबार
               

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

बुटवल।  बुटवलको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । सो अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार भेन्टिलेलटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको हो । 

भदौ ४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी कोरोना पुष्टि हुनुभन्दा नौ दिनअघि सो अस्पताल भर्ना  भएका थिए । उनी  कोरोनाका अलवा मधुमेह र उच्च रक्तचापजस्ता समस्याबाट पीडित थिए ।उनको मृत्युसँगै रुपन्देहीमा कोरोनाकाकारण  मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि