असोज ०६, २०८१, आइतबार
               

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो ।

भदौ १० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुषमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

योसँगै प्युठानको स्वर्गद्वारी नगरपालिकामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसअघि स्वर्गद्वारी नगरपालिका-७ का ६४ वर्षीय पुरुषको पनि कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि