असोज ०६, २०८१, आइतबार
               

बुटवलमा कोरानो संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालबुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज (बिहीबार) बिहान मृत्यु भएको हो ।

ती मिहलामा कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा महिलाको उपचार भइरहेकोमा बिहान साढे चार बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि