बैशाख २१, २०८१, शुक्रबार
               

'१२ जिल्लामा समुदायस्तरमै फैलियो कोरोना'

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा समुदायस्तरमा कोरोना फैलिसकेकाे जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले बताएका छन् । आज स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्  ।

जन स्वास्थ्यविद् तिवारीले कुल संक्रमितकाे ७३ प्रतिशत देशकाे १२ जिल्लामा रहेकाे हुँदा ति जिल्लाहरूमा समुदायस्तरमै कोरोना फैलिएकाे बताएका छन्  ।

साथै कुनै उपचार नभएकाे यो विश्वव्यपी महामारी जित्न समुदायकाे भूमिका महत्त्वपूर्ण रहेकाे तथा पहिलाे अस्पताल नै घर भएकाे बताए-'जो अनुशासित बन्छ उसलाई काेरोना नलाग्ने तथा हाम्रै सचेतताले कोरोना जित्न सकिन्छ । अहिलेकाे अवस्थामा कोरोना जित्न समुदायबाट पहिलो प्रयास गरेमात्र सरकारले दाेस्राे पक्षबाट भूमिका निर्वाह गरे अवश्य कोरोना जितिन्छ ।' सरकारलाई प्रश्न मात्र गर्ने समय आफूले कतिकाे स्वास्थ्य मापदण्ड पालना गरेकाे छु भनेर आफैमा उत्तर खाेज्ने बेला आएकाे उनले बताएका हुन्  ।

१२ जिल्लाकाे समुदायमा फैलिएकाे कोरोना अन्यत्र फैलन नदिन व्यक्ति र समुदायकाे भूमिका पहिलो रहने भएकाेले सचेत हुन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे । साथै काठमाडौंमा ७० प्रतिशतले मास्क लगाउने गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

 

यो पनि